क्रिकेटमा नेपाल अफगानिस्तानसँग पराजित, पदकको आशा समाप्त

115
  •  
  •  
  •  

काठमाडौं, १५ असोज (ओएनएस): एसियाली खेलकुदमा पदकको आशा गरिएको क्रिकेटमा पनि नेपाल पराजित भएको छ ।

दक्षिण कोरियामा अफगानिस्तानसँग सेमिफाइनलमा ८ रनले पराजित हुँदै नेपाल पदक विहिन भएको छ । जितका लागि १ सय २० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो ।

यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको  क्षतिमा १ सय १९ रन बनाएको थियो । अफगानिस्तानका मोहम्द साजदले ४२, कसिम खानले १२ र मोहम्मद नाबीले १८ रन बनाए  । नेपालका शक्ति गौचन र सागर पुनले ३–३ तथा  सोमपाल कामी, र बसन्त रेग्मीले १–१ विकेट लिए । प्रि–क्वाटर फाइनलमा नेपालले कुबेतलाई ९ र माल्दिभ्सलाई ७ विकेटले हराएको थियो ।


  •  
  •  
  •