सन्धुपाल्चोकमा जारी खुल्ला भलिबल प्रतियोगितामा आजबाट सेमिफईनलका खेलहरु हुँदै

120
  •  
  •  
  •  

सिन्धुपाल्चोक, १२ असोज (ओएनएस) सिन्धुपाल्चोकको महाकाल ग्याल्थुममा जारी जिल्ला स्तरिय खुल्ला भलिबल प्रतियोतिामा आजबाट सेमिफाईनलका खेलहरु सुरु हुँदैछन । आज हुने पहिलो सेमिफाईनलमा आयोजक अमर प्रतिभा य्वा क्लब महाकाल तथा सिन्धु भ्याली एकता समाज थकनीबीच प्रतिस्पर्धा हुदैँछ ।

यस्तै दोस्रो खेलमा त्रिवेणी युवा क्लब लाङर्चे र बालसुधार उमाबि दुबाचौरबीच प्रतिस्पर्धा हुँदैछ । आज हुने प्रतियोगितामा बिजयी हुने टोली फाईनलमा प्रबेश गर्ने छ भने पराजित हुने टोली तेस्रो र चौथोको लागी प्रतिस्पर्धा गर्नेछन । बिजया दशमी तथा दिपावलीको अबसर पारेर अमर प्रतिभा युवा क्लबको अयोजना तथा चित्रे गोम्देन युवा क्लब र महाकाल गाबिसको सह आयोजनामा असोज ९ बाट सुरु भएको प्रतियोगिता असोज १३ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

जिल्लाका बिभिन्न स्थानका गरी १२ टिमले प्रतियोगितामा सहभागी जनाएका छन । प्रतियोगितामा प्रथमहुने टोलीले ३३ हजार ३ सय ३३ नगद, द्धिदियले,२२ हजार २ सय २२, तृतियले ११ हजार १ सय ११ रुपैया सहित शिल्ड मेडल सहित पमाणपत्र पाउनेछ भने सान्त्वनाले ५ हजार ५ सय ५५ नगद पाउने आयोजकले जनाएको छ ।


  •  
  •  
  •