महिला लिग फुटवलको उपाधीका लागी पुलिस र आर्मी भिड्दै

103
  •  
  •  
  •  

चितवन, ८ असोज (ओएनएस) :चितवनको नारायणगढमा जारी महिला लिग राष्ट्रिय फुटवलको उपाधीका लागि आज नेपाल पुलिस र नेपाल आर्मी क्लव भिड्दैछन् । क्याम्पाचौरमा दिउँसो १ वजेपछि उपाधीका लागि दुई विभागीय टिम पुलिस र आर्मी भिड्न लागेका हुन् । अघिल्लो वर्ष इलाममा भएको फाईनल खेलमा पनि पुलिस र आर्मी भिडेका थिए ।

जसमा आर्मीलाई पाखा लगाउँदै पुलिसले उपाधी चुमेको थियो । पुलिस जितको श्रृङ्खलालाई निरन्तरता दिने दाउमा रहँदा आर्मी अघिल्लो वर्ष वेहोरेको हारको वदला लिदै उपाधी आफ्नो पक्षमा पार्ने तयारीमा हुनेछ । नेपाल पुलिसले पहिलो सेमीफाईनलमा शशस्त्र प्रहरी एपिएफलाई तथा नेपाल आर्मीले मध्यमाञ्चल विकास क्षेत्रलाई पराजीत गर्दै उपाधी नजिक पुगेका हुन् ।

प्रतियोगिताको विजेताले नगद २ लाख तथा उपविजेताले नगद १ लाख रुपैँया पुरस्कार पाउने चितवन फुटवल संघका अध्यक्ष राजेशराम श्रेष्ठले जानकारी दिए ।  यसैगरी उत्कृष्ठ गोल रक्षक,उत्कृष्ठ डिफेन्स, उत्कृष्ठ मिडफिल्डर, उत्कृष्ठ फरवार्ड र उत्कृष्ठ प्रशिक्षकलाई जनही २५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता तीन विभागीयसहित पाँच विकास क्षेत्रका गरी ८ टिमले सहभागीता जनाएका थिए ।


  •  
  •  
  •