चेल्सी र म्यानचेस्टर सिटी कारवाहीमा, क्रमशः १ लाख र ३५ हजार पाउण्ड जरिवाना

229
  •  
  •  
  •  

_92818767_chelseaandmancityfracas_gettyकाठमाडौँ, २९ मंसिर  (एजेन्सी) : प्रिमियर लिग अन्तर्गत डिसेम्बर ४ मा भएको खेलमा भएको तनावलाई लिएर इंग्लिस क्लब चेल्सी र म्यानचेस्टर सिटीलार्इ कारवाही गरिएको छ ।

सिटीको मैदानमा भएको खेलमा २ टिमका खेलाडीबिच तनाव भएको थियो ।

खेलाडी बीचको खेलको मर्यादालाई नाघेको भन्दै प्रमियर लिगको कार्यसमितिको बैठकले चेल्सीलाई १ लाख तथा म्यानचेस्टर सिटीले ३५ हजार पाउण्ड जरिवाना गरेको बीबीसीले जनाएको छ ।

सो खेलमा चेल्सी ३–१ ले विजयी भएको थियो । सिटीका सर्जियो अग्युरो र फर्ना्न्डिन्हो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । कारवाहीमा परेको प्रिमियर लिग लिडर चेल्सीले सन् २०१५ को फेब्रुअरी यता ६ पटक जरिवाना तिरेको छ ।

सोही विषयलाई लिएर चेल्सीलाई १ अंक घटाउन सक्ने चेतावनी समेत दिइएको थियो ।


  •  
  •  
  •