जेसिजले पत्रकारलाई हरायो

101
  •  
  •  
  •  

दाङ, ४ कात्तिक (ओएनएस) तुलसीपुर नगर जेसिज र पत्रकारहरुबीच तुलसीपुरको अरणिको मैदानमा आज भएको मैत्रिपुर्ण फुटवल प्रतियोगितामा आयोजक जेसिजले बाजीमारेको छ ।

निर्धारित मितिमा दुबै समुहले एक एकको बराबरी खेलेपछि दुई पटक थपिएको अतिरिक्त समयमापनि कुनै टिमले गोलगर्न सकेका थिएनन् । त्यसपछि पेलान्टि सूट आवटका आधारमा पत्रकारहरुको समुहलाई जेसिजको समूहले तिन गोलगर्दै पछि पारेको हो ।

पत्रकारहरुको समुहले पेनाल्टिसूट आउटमा एक गोलपनि गर्न नसकेपछि नतिजा तिन शुन्यले जेसिजको पक्षमा परेको हो । आयोजक तथा बिजेता जेसिजले खस्सि पनि जितेको छ । यसैबीच दाङको तुलसीपुरमा जारी जिल्ला स्तरीय टि टवान्टी क्रिकेट प्रतियोगिताको फाईनल प्रतिस्प्रर्दा मंगलवार हुने भएको छ । सोमवार भएकोे सेमिफाईनल खेलमा टार्गेट युवा क्लबलाई ८ रनले हराउदै डोजाङ क्लब फाईनलमा प्रवेश गरेको हो ।

असोजको अन्तिम साता देखि जारी जिल्ला व्यापी क्रकेट प्रतियोतिाको बिजेताले १० हजार नगद र ट्रफि पाउने छ ।


  •  
  •  
  •