दर्शकको आक्रमणले खेलाडीको मृत्यु

426
  •  
  •  
  •  

काठमाडौं ९ भदौ ।
क्यामरुनका स्ट्राइकर अल्बर्ट इबोसेको अल्जेरियामा एक खेलका क्रममा दर्शकले प्रहार गरेको गरुंगो वस्तुले लागेर मृत्यु भएको छ।

२४ वर्षे इबोसेलाई राजधानी एलजियर्सको ओउजोउमा अस्पताल पुर्‍याएपछि मृत घोषित गरिएको थियो। युएसएम अल्जरसँग घरेलु मैदानमा २–१ ले पराजित भएको खेलमा जेएस काबिलीका स्ट्राइकर इबोसेले गोल पनि गरेका थिए।
खेल सकिएपछि चेन्जिङ रुम फर्कने क्रममा प्रशंसकले प्रहार गरेको गरुंगो ढुंगाजस्तो चिजले इबोसेलाई टाउकोमा लागेको थियो। अल्जेरियाको गृह मन्त्रालयले घट्नाको छानविन गर्न आदेश दिएको छ।
इबोसे २०१३–१४ को अल्जेरियन लिगका उच्च गोलकर्ता हुन्। उनले १७ गोल गरेका थिए। इबोसेलाई केले लाग्यो भन्ने चाँही पुष्टि भएको छैन्। तर एक अल्जेरियाली समाचारपत्रका अनुसार पराजित भएपछि घरेलु टोलीका समर्थहरुले आफ्नो टोलीमाथी ढुंगा प्रहार गरेका थिए।
अल्जेयिरयन लिग (एलएफपी) को विशेष बैठक सोमबार बिहान बस्दैछ। उता अर्को सुचना नआएसम्म रंगशालालाई बन्द गरिएको छ। लिगका अध्यक्ष महफोउद केर्बाद्ज घटना हुँदा रंगशालामै थिए।


  •  
  •  
  •