खेल्न नपाएपछि सहयोग फिर्ता

323
  •  
  •  
  •  

man workingविराटनगर, २२ भदौ(ओएनएस) : खेलकुद विकास समिति मोरङले कवड हल प्रयोग गर्न नदिएपछि कवर्डहलमा व्याटविण्डन खेल्दै आएकाहरूले हल खाली गराएका छन् । कवर्डहल भित्र प्रयोग गरिएका समाग्रीहरू आफू खुसी निकालेर उनीहरूले हल नै खाली गराएका हुन् ।

सातौ राष्ट्रिय खेलकुद आउन लागेको भन्दै खेलकुद विकास समिति मोरङले गैर खेलाडीलाई कवर्डहल प्रयोग नगर्न भन्दै सूचना प्रकाशित गरेको थियो । परिषदले आइतबार सूचना निकालेपछि सोमबार बिहानै भुडी घटाउन खेल्न कवर्डहलमा व्याटमिन्टन खेल्न आउनेहरूले हलमा प्रयोग गरिएका सामाग्रीहरू लगेका हुन् । ‘म साढे १० बजे आएको थिए । जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष किसोरलाल अमात्ययले भने, ‘ म आउदा सबै लगिसकेका रहेछन् ।’

नेपाल प्रहरीका अधिकृत, निजामती सेवाका कर्मचारी, उद्योगी व्यापारीहरू भुँडी घटाउन कवर्डहलमा व्याटमिन्टन खेल्दै आएका थिए । गत शुक्रवार अनुगमनमा आएका खेलकुद मन्त्री पुरुषोत्तम पौडयालको गैर खेलाडीलाई कवर्डहल प्रयोग गर्न नदिनु भनेपछि जिल्ला खेलकुद विकास समितिले गैर खेलाडीलाई कवर्डहल प्रयोगमा रोक लगाएको थियो । अनुगमनका क्रममा पौड्यालले खेलाडीलाई मात्र कवडहलमा प्रशिक्षण गर्न दिनु भनेपछि परिषदले कवर्डहल प्रयोगमा रोक लगाएको हो ।

परिषदले सूचना निकालेको २४ घण्टा बित्न नपाउदै भुँडी घटाउन बिहान बिहान कवर्डहल पुग्नेहरुले हलमा प्रयोग गरिएका सम्पूर्ण सामाग्रीहरू लगेका थिए । हलबाट व्याडविन्टन कोट, कुर्सी, वाङरिङ तार, बिट, बल्व लगायत सम्पूर्ण सामाग्री बिना जानकारी लगेको विकास समितिका अध्यक्ष अमात्यायले जानकारी दिए ।

आफूले खेल्न नपाएको भन्दै उनीहरूले कवर्डहलमा प्रयोग गरेका सामाग्री जानकारी नै नदिई लगेका हुन् ।

कवर्डहल प्रयोग गर्ने गैर खेलाडीहरुले हलभित्र वाइरिङ गरेका थिए । तर, आफुहरूले खेल्न नपाएको भन्दै उनीहरूले सामाग्री आफू खुसी फिर्ता लगेका हुन् । ‘सार्वजनिक निकायलाई दिएको सामाग्री फिर्ता लैजान मिल्दैन् । स्रोतले भन्यो, ‘जानकारी नदिई लैजानु भनेको चोरीगरे जस्तै हो ।’

अध्यक्ष अमात्यायले खेलकुद विकास समितिलाई कुनै जानकारी नै नदिई कवर्डहलमा प्रयोग गरिएका सम्पूर्ण सामाग्रीहरू लगेको जानकारी दिए । उनले भने ‘ हलमा उनीहरूकै सामाग्री भएपनि जानकारी दिएका छन् । तर, हामीलाई कुनै जानकारी छैन् ।’

कराँते र व्याडमिन्टन खेलका खेलाडीलाई प्रशिक्षण गराउन बिहान साढे ६ देखी ९ बजेसम्म कवर्डहल प्रयोग नगर्न भन्दै विकास समितिले सूचना निकालेको थियो । कवर्डहलको सामाग्री जानकारी नदिई लगेकाले छलफल गरेर अघि बढ्ने उनले बताए ।


  •  
  •  
  •