‘राजनीति’ ले गर्दा नेपालको निराश नतिजा

78
  •  
  •  
  •  

काठमाडौं, २१ असोज : कराँतेकमा कांस्य पदक जितेर विमला तामाङले नेपालको नाम त राखिन्, तर सिंगो नेपाली खेलकुदलाई हाँसोको पात्रो बन्नबाट उनले रोक्नै सकिनन् । नेपाली कराँते टोली रिङमा पुग्दा उनीहरु दुईवटा देशका खेलाडीजस्ता भान पथ्र्यो दर्शकदीर्घामा । टोली एउटै भएपनि प्रशिक्षक दुइजना थिए, राजनीतिमा एउटै पार्टीभित्र गुटबन्दी भएजस्तै । पदक जित्ने विमला र अनुपमा मगर हिरासिंहले डंगोलको प्रशिक्षणमा रिङमा ओर्लिएका थिए भने बाँकी ६ खेलाडीका प्रशिक्षक थिए दिपक श्रेष्ठ । र जब खेल सुरु हुन्थ्यो, यस्तो प्रतीत हुन्थ्यो, एउटा देशको कराँते खेलाडी होइन, एउटा गेटको खेलाडी लडिरहेको छ । एउटा समूहको खेलाडी जित्दा अर्को समूहले हारेको महसुस गर्ने दुर्लभ दृश्य नेपाली कराँते टोलीले प्रदर्शन गर्यो दक्षिण कोरियाको इन्चोनमा शनिबार सम्पन्न १७ औं एसियाडमा । खेलक्षेत्रमा राजनाीति र पदाधिकारीबीच जुँगाको लडाँइले खेलाडीको मनोबल खस्केको र परिणाम नै प्रभावित भएको हो ।

नागरिक दैनिकबाट


  •  
  •  
  •