नेपालको निराशाजनक यात्रा

73
  •  
  •  
  •  

काठमाडौं, २० असोज : सत्रौं एसियाडमा नेपालको सहभागिता ‘जम्बो टोली मिनी सफलता’ हुन पुगेको छ । इन्चोनमा अहिलसम्मकै ठूलो २ सय ५ खेलाडी उतारेको नेपालले सर्वाधिक २५ खेलमा सहभागिता जनायो । लगानीको दृष्टिले हेर्ने हो भने पनि यो एसियाड अहिलेसम्मकै महंगो हो । लगभग ६ करोड रुपियाँ खर्च गरेको नेपालले मात्र एउटा काश्य पदक हासिल गर्नसक्यो ।

सन् १९५१ देखि एसियाडमा सहभागिता जनाउन थालेपनि नेपालले पदकको खाता भने सन् १९८६ सोल एसियाडमा पदक जित्न सुरु गरेको थियो । त्ससपछि नेपालले लगातार पदक जित्ने क्रम जारी छ । योपटक पनि टोली रित्तो हात घर फिरेन भनेर खुशी मनाउनु पर्ने भएको छ । नेपालका लागि इन्चोन एसियाड सहज रहेन ।

सहभागिता र केही खेलका खेलाडी छनोटबाट बिजारोपण भएको असहज परिस्थिति काठमाडौंबाट हवाइजहाज समयमै नउडदा एथलेटिक्स र टेबलटेनिसले छोड्नु परेको केही खेलमा आएर टुङ्गयिो । क्रिकेट टिम पनि एथलेटिक्स र टेबलटेनिस टिमसँगै त्रिभुवन विमानास्थलमा दुई दिन रोकिदा खेल सुरु हुनु केही घन्टा मात्र कोरिया पुगेको थियो । एथलेटिक्स र क्रिकेटका खेलाडीहरु एयरपोर्टबाट ओर्लेर हल्का आराम समेत गर्न नपाई खेलस्थल पुगेका थिए ।

त्यसपछि एसियाडमा इराकविरुद्धको फुटबल खेलमा नेपाललाई म्याच फिक्सिङको आरोप पनि लाग्यो । त्यति मात्र होइन दक्षिण कोरियामा सेपाकताक्रो र उसुका दुई खेलाडी लुकेर बस्दा नेपालले थप बेइज्जत सामना गर्नुपर्‍यो । कराँते खेलमा त अचम्मकै घटना भयो । प्रतियोगिता खेल्न आएका दुई खेलाडीको स्थानमा अर्कै खेलाडीले सहभागिता जनाउने खुलासा भयो ।

नेपालकी चर्चित कराँते खेलाडी गंगा अधिकारी र चञ्चला दनुवारको नाम दर्ता थिएन । उनीहरुको स्थानमा अन्य दुई खेलाडीले खेले र चञ्चलाको स्थ्ाानमा खेलेकी विमला तामाङले एसियाड सकिन दुई दिन मात्र बाँकी छादा नेपाललाई पदक दिलाएर सारा नेपालीलाई हषिर्त तुल्याइन् । नेपाली खेलाडीमो प्रदर्शनलाई आधार मान्ने हो भने इन्चोन एसियाड हरेक कोणबाट सुखद बन्न सकेन ।

अधिकांश खेलका धेरैजसो खेलाडीले एकपछि अर्को हार वेहोरे । त्यसमध्ये पनि प्रायले विपक्षी खेलाडीलाई चुनौती नै दिन सकेनन् । नेपाल २५ खेलका कैयौ इभेन्टमा सहभागिता जनाएको भए पनि एसियाडमा जितेका खेल औालामा गन्न सकिन्थ्यो । आर्चरीका जितबहादुर मोक्तान, सपmट टेनिसका मनोज सुब्बा, कमलबहादुर र एलिजा रञ्जित र निरु कायस्थले केही खेल जिते ।

बक्सिङमा पूरन राई र उसुकी झरना गुरुङले पनि एक-एक बाउट जिते । कराँतेमा दिवस गुरुङ, विजय लामा र मुकुन्द महर्जनले पनि एक-एक बाउट जिती अगाडि बढेर पदक जित्ने कोसिस गरे । जुन सफल हुन सकेन । पुरुष कातातर्फ पुरशुराम बास्तोला समग्रमा पाँचौ भए । टेबलटेनिसले पनि खुशी नै पार्‍यो । पुरुष डबल्समा नेपालका पुरुषोत्तम वज्राचार्य र अमरलाल मल्लको जोडीले अनपेक्षितरुपमा आफूभन्दा बलियो मानिएको मंगोलियालाई सजिलै ३-० ले हरायो ।

यी दुईले त्यसपछि भारतीय डबल्स टिमलाई पनि कडा चुनौती दिएका थिए । नेपालका अजय सुवालले पनि एक एकल खेल जिते । अजय र शिवसुन्दर गोथेले विश्वका नम्बर एक र दुई खेलाडी चिनका सिन सु र चेन्टङ फानसाग सेन्टर टेबलमा खेल्ने मौका पाए । नेपाली खेलाडीले विश्व च्याम्पियन खेलाडीसँग खेल्ने मौका विरलै पाउने गर्छन् ।

नेपाललाई एसियाली खेलकुदमा सबभन्दा बढी पदक दिलाउने तेक्वान्दोले भने निराशाको सामना गर्नुपर्‍यो । एसियाडमा नेपालले अहिलेसम्म व्यक्तिगत प्रतिस्पर्धामा मात्र पदक जित्न सकेको छ । मार्शल आर्ट्समा मात्र पदक जितेको रेकर्ड नेपाली टोलीले यसपालि पनि निरन्तरता दियो । अन्य खेलबाट निराशा बेहोरेपछि यसपालि खेल प्रशंसकहरुले पुरुष क्रिकेटबाट पदकको ठूलो आशा गरेका थिए ।

पुरुष क्रिकेट पदकको नजिक पनि थियो  । तर अफगानिस्तानविरुद्धको क्वाटरफाइनलमा आपmनो  हातमा आइसकेको जित समेत फुत्किंदा निराश बन्न पुग्यो । पौडीमा भने शिरिष गुरुङले  पदक जित्न नसकेपनि पुरुष २ सय मिटर पि|mस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे । उनले निर्धारीत दूरी २ मिनेट १० दशमलव २३ सकेन्डमा पुरा गरेर आपmनै २ मिनेट २ दशमलव ३७ सकेन्डको राष्ट्रिय कीर्तिमान भंग गरे । त्यसबाहेक नेपालले आर्चरी, एथलेटिक्स, ब्याडमीन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जिम्न्यास्टिक, जुडो, सेपाटाक्रो, सुटिङ, पौडी, टेनिस, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन र उसुमा सम्झनलायक प्रदर्शन गर्न सकेन ।

कान्तिपुर दैनिकबाट

 


  •  
  •  
  •