ओसिएद्धारा खेल प्रशिक्षण केन्द्र निर्माणमा सघाउने जानकारी

100
  •  
  •  
  •  

दक्षिण कोरिया, ९ असोज (ओएनएस) ओलम्पिक काउन्सिल अफ एशियाले नेपालमा आधुनिक प्रशिक्षण केन्द्र निर्माणमा सघाउन ईच्छुक रहेको जानकारी दिएको छ ।
१७ औँ एशियन गेम्स्का अवसरमा दक्षिण कोरियाको ईन्चोनमा रहेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई भेटेर ओलम्पिक काउन्सिल अफ एशियाका अध्यक्ष शेख अहमल अल सवाले नेपाली खेलाडीहरुको बृक्ति विकासका लागि आधुनिक खेल प्रशिक्षण केन्द्र निर्माणमा सघाउन ईच्छुक रहेको जानकारी गराएका हुन् । सवाले खेल प्रशिक्षण केन्द्र निर्माणको औपचारिक प्रस्ताव जति सक्दो छिटो पठाउन आग्रह गर्दै ओसीएलाई अगाडी बढाउन गरेको योगदानका लागि मन्त्री पौडेललाई धन्यबाद दिए ।
अध्यक्ष सवाले ओसीएको सहयोगमा बन्ने प्रशिक्षण केन्द्रबाट नेपाली खेलाडीहरुलाई आफ्नो क्षमतालाई थप प्रस्फुटनमा मद्दत मिल्ने बिश्वास व्यक्त गरे ।
जवाफमा मन्त्री पौडेलले नेपालको खेल क्षेत्रमा योगदान गर्ने ओसीएको प्रस्तावलाई आफुले अवसरका रुपमा लिएको भन्दै सरोकारवालाहरुसंग छलफल गरेर छिट्टै प्रशिक्षण केन्द्र निर्माणको प्रस्ताव पठाउने जानकारी दिए । मन्त्री पौडेलले ओलाम्पीक अभियानलाई प्रभावकारी बनाउन नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने समेत बताएको भेटमा सहभागि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धुब्रबहादुर प्रधानले जानकारी दिए ।


  •  
  •  
  •