नेपाली महिला क्रिकेटटोली एसियाड प्रतियोगिताको क्वार्टरफाइ

91
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) नेपाली महिला क्रिकेटटोली दक्षिण कोरियाको इन्चोनमा जारी एसियाली खेलकुद प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेको छ ।  सोमबार भएको आफ्नो दोस्रो खेलमा मलेसियालाई ४६ रनले हराउँदै नेपालले क्वार्टरफाइनलको यात्रा तय गरेको हो।

पहिलो खेलमा थाइल्याण्डसँग पराजित भएपछि निकैनै सम्हालिएको प्रदर्शन गरेका नेपाली चेलीहरुले पहिले ब्याटिङ गर्दै २० ओभरको पुरै खेलमा ८८ रन जोड्न सके । मलेसियाको कसिलो बलिङका बाबजुर ८९ रनको विजयी लक्ष्य दिएको नेपालले मलेसियालाई ४२ रनमा अलआउट बनायो । नेपालको जितमा ममता चौधरीले सर्वाधिक २२ जोडिन् । यसैगरि सरिता मगरले १२ रन बनाए ।

सुरुवाति व्याटिङ खराब गरेको नेपालले अन्तिम १० ओभरमा सुधारिएको खेल प्रदर्शन गर्दै ६४ रन जोडेर सम्मानजनक योगफल बनाएको थियो । उपाधि यात्रामा रहेको नेपाली महिला क्रिकेट टोलिले अब बुधबार प्रतियोगिताको उपाधि दावेदार मानिएको बंगालदेशको सामना गर्नेछ । 


  •  
  •  
  •