इन्धनको पैसा तिर्न नसक्दा स्पाइसजेटको उडान बन्द

349
  •  
  •  
  •  

spicejetकाठमाडौ, २ पुस(एजेन्सी) : विमान कम्पनी स्पाइसजेटका उडानहरू इन्धन नपाएपछि रद्ध गरिएका  छन् ।

तेल कम्पनीहरुले बाँकी रकम भुक्तानी माग्दै इन्धन नदिने भएपछि विमानहरूको उडान बन्द भएको हो । स्पाइसजेटले आज बिहानदेखी कुनै पनि उडान गर्न नसक्दा आज बिहान गन्तव्यमा जानका लागि आएका यात्रुहरू बिचल्लीमा परेका छन् ।

स्पाइस जेटले इन्धनको व्यवस्था गर्नका लागि कुनै निर्णय नगरेको सञ्चारमाध्मयहरूले जनाएका छन् ।

यसैबीच, स्पाइस जेटका प्रमुख कार्यकारी अधिकृत सन्जीव कपुरले आज ४ बजेसम्म स्पाइस जेटले उडान भर्ने दावी गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै सबै यात्रीहरूलाई ढुक्क रहन समेत आग्रह समेत गरेका छन् ।

यता, नागरिक उड्डयन मन्त्रीले मंगलबार सबै इन्धन कम्पनीहरू तथा विमानस्थलका अपरेटरहरूलाई १५ बाँकी रकम भुक्तानी गर्नका लागि १५ दिनको म्याद दिन आग्रह गरेका थिए ।

उड्डयन मन्त्रीले इन्धनको आपूर्ती सुचारू गर्नका लागि बाँकी रकम भुक्तानी गर्नुपर्ने भएकाले यसका लागि भारतका बैक र फाइनान्सहरूलाई लोन दिन आग्रह गरेका थिए ।

यता तेल कम्पनीहरूले स्पाइसजेटलाई दुई हप्तासम्म लोन सुविधाको आधारमा इन्धनको दिने सम्बन्धमा कुनै फैसला गरेको छैन् । यता विमान कम्पनीका प्रवक्ताले यो घटना चाँडै नै सामान्य हुने बताएका छन् । तर, तेल कम्पनीहरूले तुरून्त बाँकी भुक्तानी गरेपछि मात्रै स्पाइसजेटलाई इन्धन दिने जनाएका छन् ।


  •  
  •  
  •