स्पाइसका तीन नयाँ मोवाइल बजारमा

347
  •  
  •  
  •  

काठमाडौं, २४,असार (ओएनएस) । टेलिटक नेपाल प्रालीले स्पाइसका तीन नयाँ मोवाइल बजारमा ल्याएको छ । कम्पनीले स्पाइसका ‘एम ५३७७’ र ‘एम ५४७०’ मोडलका दुइ बार फोन र ‘एमआई ४३८’ एण्ड्रोइड फोन बजारमा ल्याएको हो ।

३ दशमलव २ इञ्च स्क्रिन भएको ‘एम ५४७०’ मा २५ सय एमएच व्याट्रि छ । त्यस्तै दशमलव ४ इञ्च स्क्रिनको एम ५३७७ मा १८५० एमएचको ब्याट्रि रहेको छ । यी दुवै मोडलका बार फोनमा १ दशमलव ३ मेगापिक्सलका क्यामरा मल्टी सिम अडियो÷ भिडियो प्लेयर तथा रेकर्डर,जिपिआरएसलगायत सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी ‘एमआइ ४३८’ को मोवाइलमा ४ दशमलब २ भर्सनको एण्ड्रोइड, १ दशमलव ३ जिएचजेड ‘डुअल कोर प्रोसेसर’,४ जिवी रोम तथा ५१२ एमबीको ¥याम रहेको कम्पनीले जानकारी दिएको छ । त्यस्तै २ मेगापिक्सल रियर तथा १ दशमलव ३ मेगा पिम्सलको फ्रण्ट क्यामरा र १३५९ एमएएच व्याट्रि यसका विशेषता हुन् । टेलिटक प्राली नेपालका लागि स्पाइस मोवाइलको आधिकारीक विक्रेता हो ।


  •  
  •  
  •