काठमाडौँ, ५ पुस(एजेन्सी) : यस वर्षको मिस वर्ल्ड २०१५ को उपाधी स्पेनकी मिरेया लालागुनाले हात पारेकी छिन् । चीनको दक्षिणी शहर सान्यामा भएको मिस वर्ल्ड प्रतियोगिताको फाइनलमा बार्सिलोनाकी २३ वर्षीया मोडेल मिरेयाले मिस वर्ल्डको ताज पहिरिएकी हुन् ।
मिरेयाले विभिन्न देशका १ सयभन्दा बढी प्रतियोगीलाई पछि पार्दै उक्त उपाधी हात पार्न सफल भएकी हुन् । गत वर्ष यो उपाधी हासिल गर्ने दक्षिण अफ्रिकाकी रोलेन स्ट्राउसले यस वर्षकी मिस वर्ल्ड मिरेयालाई मिस वर्ल्डको ताज पहिराएकी थिइन् ।
मिरेयाले औषधी विज्ञानमा स्तानक गरेकी छिन् भने पोषण विषयमा एमए गर्न चाहन्छिन् । प्रतियोगिताको उत्कृष्ट ५ मा रूस, इन्डोनेसिया, लेबनान र जमैकाका सुन्दरीहरू परेका थिए ।
प्रतियोगिताको फस्ट रनरअप रसियाकी सोफिया निकित्चुक भइन् भने सेकेण्ड रनरअप इन्डोनेसियाकी मारिया हारफान्टी घोषित भएकी छिन् ।
हेरौ केही तस्विरहरू…