स्पेनिस ला– लिगा फुटबलमा इबारको जित

50
  •  
  •  
  •  

एजेन्सी । स्पेनिस ला– लिगा फुटबलमा इबारले जितेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा भ्यालेन्सियाका जोयोफ्री कोन्डोग्बीको आत्मघाती गोलबाट इबरले जित निकालेको हो ।

भ्यालेन्सियालाई इबरले १ शुन्य गोल अन्तरले हराएको हो । खेलको १६ औं मिनेटमा जियोफ्रीले आत्मघाती गोल गरेका थिए । यस्तै खेलको अन्तिम समय भ्यालेन्सिया १० खेलाडीमा समेटिएको थियो । इबरसँग पराजित भएसँगै भ्यालेन्सियाले ३१ खेलमा ४६ अंक जोडेको छ ।

भ्यालेन्सिया आठौं स्थानमा रहेको छ । ३१ खेलमा ३२ अंक जोडेको इबर १७ औं स्थानमा रहेको छ । यसैबीच ला लिगा अन्तर्गत गएराति नै भएको अर्को खेलमा रियल बेटिसले स्पानियोललाई १–शुन्य गोल अन्तरले हराएको छ ।


  •  
  •  
  •