नियमावलीको विवाद टुङ्गो लगाउन सभामुख सक्रिय

164
  •  
  •  
  •  

काठमाडौँ, १७ बैशाख(ओएनएस) : सभामुख ओनसरी घर्ती मगरले संसदको वर्षे अधिवेशनलाई प्रभावकारी बनाउने र नियमावलीमा भएको विवाद टुङ्गो लगाउने विषयमा छलफल गर्न थालेकी छन् ।

सभामुख घर्तीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेकी थिइन् । उनले आज प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा र प्रमुख दलका सचेतकहरुसँग छलफल गर्नेछिन् ।

छलफलमा संसदले बोलाएको बजेट अधिवेसन, संसदीय नियमावलीमा भएको विवाद, त्यसले पारेको असरका विषयमा छलफल हुनेछ । संसदलाई प्रकावकारी बनाउने विषयमा सभामुखले प्रस्ताव राख्ने उनको सचिवालयले जनाएको छ । आजै दिउँसो दलका प्रमुख सचेतकहरुसँग पनि सभामुखले छलफल गर्ने कार्यक्रम रहेको छ ।

दिउँसो १ बजे हुने छलफलमा संसदको नियमावली टुङ्गो लगाउने गरि छलफल हुनेछ ।


  •  
  •  
  •