काठमाडौं, १० मंसिर (ओएनएस) : सार्क सम्मेलनमा सम्बोधन गर्दै श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेले दक्षिण एसियाको मुख्य चुनौती आतंवादवाद भएको बताएका छन् ।
उनले यस क्षेत्रका कट्टरपन्थी विचार भएकाहरु यस क्षेत्रको मुख्य चुनौती भएका बताए । उनले सार्क मुलुकको लागि शान्ति मुख्य कुरा भएको उल्लेख गरे । उनले त्यसको लागि सांस्कृतिक विकास गर्नु पर्नेंमा जोड दिए । साथै राजापाक्षेले दक्षिणएसियालाई बुद्धिष्ट सांस्कृति हब बनाउन प्रस्ताव गरे ।
उनले गौतमबुद्धको जन्मभूमि लुम्बिनीदेखि दक्षिण एसियालाई जोड्ने गरि सार्कलाई बुद्धिष्ट सर्किट बनाउन सकिने प्रस्ताव गरेका हुन् ।
उनले सार्क मुलुकको शान्ति र संबृद्धिको लागि बुद्धिष्ट सर्किट महत्वपूर्ण हुने बताए । राजापक्षले दक्षिण एसियाको आर्थिक विकासको लागि सबै मुलुकले लागानीमा सहकार्य गर्नु पर्ने पनि बताए । साथै उनले दक्षिण एसियामा पर्न थालेको जलवायु परिवर्तनको असरबिरुद्ध अन्तर्राष्ट्रिय स्तरमा अवाज उठाउन एकजुट हुनु पर्ने बताए ।