काठमाडौँ, २३ भदौ (ओएनएस) : एमाले नेता एवं र्पुंप्रधानमन्त्री माधव नेपालले नेपाली जनताको चाहनाअनुरुप राजनीतिक दलहरुको सहमतिमा नयाँ संविधान जारी हुने बताएका छन् ।
संविधान निर्माणका लागि दलहरु सहमति, सहकार्य र एकता आवश्यक रहेको भन्दै नेता नेपालले दलहरुबीचमा देखिएका केही असहमतिलाई संवाद र छलफलबाट हल गर्ने प्रयाससमेत भइराखेको बताए ।
विश्व प्रजातान्त्रिक युवा संघद्वारा सोमबार राजधानीमा आयोजित जत छलफल कार्यक्रममा नेता नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा युवा वर्गले नेतृत्वदायी भूमिका निर्वाह गरेको चर्चा उललेख गर्दै वरिष्ठ समयमै संविधान जारी गर्नका लागि युवा वर्गले दलहरुलाई सचेत बनाइराख्नुपर्नेमा जोड दिए ।
‘एसियामा शान्ति र विकासका लागि युवा’ भन्ने नाराका साथ आयोजित दुई विश्व प्रजातान्त्रिक युवा संघको एसिया प्रशान्त क्षेत्रीय बैठक आइतबार काठमाडाँैमा सम्पन्न भएको थियो ।
विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष गिरिस फोन्डेले एसिया प्रशान्त राष्ट्रका युवाले यस क्षेत्रमा आतङ्कवाद अन्त्य गर्दै शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
विश्व शान्ति र भ्रातृत्वका लागि नाजीवाद र फाँसीवादका विरुद्ध लड्न सन् १९४५ मा लन्डनमा सो संघको स्थापना भएको थियो ।