‘सार्कले जनताको भावना अनुरुप कम गरेको छैन ’ : भारत

124
  •  
  •  
  •  

काठमाडौं, १० मंसिर (ओएनएस) : सार्क शिखरसम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाको विकासलाइृ लागि सबै मुलुकबीच एकता हुनु पर्ने बताए ।

मोदीले सार्क मुलुकले एकताबद्ध भएर अघि बढ्न नसक्दा यस क्षेत्रको विकास हुन नसकेको बताए । उनले सार्कको संबृद्धिको लागि धेरै काम गर्न सकिने बताउदै एकै साथ यात्रा गर्न विकास सहज र छिटो हुने बताए । उनले सार्क मुलुकले व्यपार र सहकार्यको लागि सहज बतावरण बनाउनु पर्ने पनि बताए ।

यस क्षेत्रको विकासको लागि सार्क ठुलो मञ्च भएको बताउदै सार्कको सहि सदुपयोग गर्नुपर्ने उल्लेख गरे । सार्क मुलुकलाई जोड्नको लागि रेल र रोड आवस्थयक भकउो बताउदै पर्यटन विकास गर्नुपर्नेमा जोड दिए ।

साथै स्याटलाइटको विकास गरेरले भारतले सबै सार्क मुलुकलाई उपहार दिने पनि मोदीको भनाई थियो । उनले भारतले सार्क मुलुकका जनताको लागि बिजनेश भिषा दिन समेत घोषणा गरे


  •  
  •  
  •