दलहरुबीच सहमति हुने विश्वास

264
  •  
  •  
  •  

काठमाडौं, ५ कात्तिक (ओएनएस) : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधान लेखनका लागि गम्भीर हुन आग्रह गरेका छन् ।

नुवाकोट रसुवाबाट प्रवेशिका परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई बुधबार काठमाडौंमा सम्मान तथा पुरस्कृत गर्दे अध्यक्ष नेम्वाङले सहमतिका लागि पछिल्लो पटक थपिएको म्यादभित्र सहमतिका लागि गम्भीर हुन दलहरुलाई आग्रह गरेका हुन् ।

पछिल्लो पटक सहमतिका लागि थपिएको कार्तिक १५ गतेसम्मको म्यादमा पनि सहमति हुन नसके संबिधान जारी हुने मिति समेत प्रभाबित हुन सक्ने उनको भनाई छ । नेम्वाङले संबिधान लेखनका बिषयमा दलहरुबिच निरन्तर छलफल भईरहेको भन्दै सहमति हुने बिश्वास व्यक्त गरे । अध्यक्ष नेम्वाङले दिगो संबिधान नहुदा मुलुकले निकास नपाएको भन्दै छिट्टै सहमति गर्दे तोकिएको समयमा नै संबिधान जारी गर्नुपर्नेमा समेत जोड दिए ।

उनले आफूसँगको छलफलमा दलका नेताहरु सहमतिका लागि एक दिनको समय पर्याप्त हुने बताउने तर काम नगर्ने प्रवृत्ति दुःखद भएको बताए । उनले दलका नेताहरु सहमति जुटाउनका लागि मंगलग्रह र चन्द्रमा बाहेक सबै स्थान पुगिसकेको भन्दै व्यङ्ग्य गरे ।

कार्यक्रममा कांगेस नेता एवं ट्रस्टका संरक्षक अर्जुननरसिंह केसीले राष्ट्रिय हित विपरीत सहमति हुन नसक्ने भन्दै सहमतिबाट संविधान बन्ने सम्भावना पनि कम रहेकाले प्रक्रिया थाल्नु पर्नेमा जोड दिए । दलहरुबीच संबिधान लेखनका बिषय मध्ये राज्यको पुनसंरचना, शासकिय स्वरुप, निर्वाचन प्रणाली तथा न्यायप्रणलीमा गम्भीर मतभेद रहँदै आएको छ ।


  •  
  •  
  •