संविधानसभा अध्यक्षको दाबी

67
  •  
  •  
  •  

काठमाडौ, १७ भदौ (ओएनएस) : संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरुले संविधानका विवादित विषयहरुमा भदौ २१ गतेभित्र सहमति नगरे त्यसपछि संविधानसभाको प्रक्रियामा लगेर टुङगो लगाईने बताएका छन् । रिपोर्टर्स क्लबको मंगलबार ज्ञापनपत्र बुझ्दै अध्यक्ष नेम्वाङले ‘विवादित विषयमा सहमति भएन भने मैले असहमतिका विषयसहित मस्यौदा संविधानसभामा पेश गर्न निर्देशन दिइसकेको छु । संविधानसभाका पेश गरेर प्रक्रियाबाट टुङगो लगाईन्छ ।’

अध्यक्ष नेम्वाङले संविधान जारी नगर्ने कुनै पनि बहाना बाँकी नरहेको भन्दै अब दलहरुसँग तोकेकै समयमा जारी गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।
‘माघ ८ भित्र संविधानजारी हुनै पर्छ । जनताको चाहना र दलहरुको प्रतिबद्धता पनि यही हो, उनले भने,’ ‘दलहरु जिम्मेवार भएर लाग्नुपर्छ अब हामीसँग कुनै पनि जायज वहाना बाँकी छैन ।’

उनले आफूले भदौ २१ गतेभित्रै सहमती गर्नका लागि संवैधानिक समितिका सभापतिहरुसंग समेत छलफल गरेको स्पष्ट पारेका छन् । नेम्बाङ्ले भने–मैले सवै समितिका सभापतिहरुलाई २१ गतेभित्रै सहमती गर्न आग्रह गरिसकेको छु । संवैधानिक राजनीतिक संवाद तथा सहमती समितिका सभापति बाबुराम जीलाई भनेको छु कि कार्यतालिकाभित्रै काम गसिक्नुस ।’

दलहरुले संविधानसभा निर्वाचनमा जनतासँग एक वर्षभित्र संविधान दिने भनि गरेको प्रतिबद्धता अनुसार नै कार्यतालिका बनाएकोले कार्यतालिका अनुसार भदौ २१ गतेभित्र संविधानको पहिलो मस्यौदा जारी गर्न अहोरात्र खट्न समेत आग्रह गरेको उनले सुनाए ।


  •  
  •  
  •