प्रचण्डलाई सभामुखको आग्रहः थप आन्दोलन घोषणा नगर्नुस्

160
  •  
  •  
  •  

prachanda V subashकाठमाडौं, २६ चैत (ओएनएस) : सभामुख सुवास नेम्बाङले आन्दोलनका थप कार्यक्रम घोषणा नगर्न विपक्षी मोर्चालाई आग्रह गरेका छन् ।

भेटका लागि सभामुखको सरकारी निवास बालुवाटार पुगेका एमाओवादी अध्यक्ष तथा विपक्षी मोर्चाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई ३० गतेभित्र सहमतिमा पुग्ने गरी वार्ता अघि बढाउन नेम्बाङल आग्रह गरेका हुन् ।

‘दलहरुलाई ऐतिहासिक अवसर प्राप्त छ, यस्तो अवसर पटक –पटक आउँदैन’ अध्यक्ष नेम्बाङले दाहाललाई भने, ‘त्यसैले भोलिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा नगर्नुस ३० गतेभित्र सहमतिमा पुग्न वार्ता अघि बढाउनुस ।’ उनले संविधानसभाको एजेण्डा २० गतेअघि नै दिन पनि आग्रह गरे ।

‘मैले संविधानसभाको बैठकको कार्यसूची तोकेको छैन’ उनले भने, ‘तपाईहरु छिटो सहमतिमा पुग्नुहोस, त्यहि सहमति संविधानसभाको कार्यसूची बन्छ ।’ जवाफमा दाहालले आफूहरु सहमतिकै पक्षमा रहेको भन्दै छलफल अघि बढाउने बताए ।

विहान सभामुखलाई फोन गरेका दाहाललाई सभामुख नेम्बाङले भेटेर कुरा गर्न प्रस्ताव गरेका थिए । प्रस्तावमा दाहालले साँझ ६ बजेको समय मागेका थिए । त्यहिअनुरुप नेम्बाङ र दाहालबीच सभामुखको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।


  •  
  •  
  •