संविधानसभामा सभाध्यक्ष आफैले प्रस्ताव पेश गर्दै, विपक्षीको असहमति

71
  •  
  •  
  •  

काठमाडौं, ११ माघ (ओएनएस) :  आइतबारको लागि बोलाइएको संविधानसभाको बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङ आफैले प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको छ ।

यसअघि प्रमुख दल नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रश्नावली समिति गठनको प्रस्ताव गर्ने कार्यसूची तय भएको थियो ।

तर आइतबारको बैठकमा उक्त कार्यसूची परिवर्तन गर्दै सभाध्यक्ष आफैले प्रस्ताव निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव पेश गर्ने संविधानसभा सचिवालयले निकालेको दैनिक कार्यसूचिमा उल्लेख छ ।

सभाध्यक्ष आफै प्रस्ताव पेश गर्ने कार्यसूची सार्वजनिक भएपछि एमाओवादी, मधेसी मोर्चा लगायतका विपक्षी दलले असहमति जनाएका छन् । उनीहरुले प्रस्तावको अवज्ञा गर्दै सडकमा जाने बताएका छन् । आइतबारको बैठक १ बजेको लागि बोलाएपनि सुरु हुन सकेको छैन ।

यसअघि सोमबार रातिको संविधानसभाको बैठकमा काँग्रेस सचेतक चीनकाजी प्रश्नवाली समितिको प्रस्ताव पेश गर्न रोष्टम जाने क्रममा विपक्षी सभासदहरु तोडफोडमा उत्रदा संविधानसभा हल रणभूमिमा परिणत भएको थियो । त्यसयता एमाओवादी लगायतका विपक्षी सभासदहरुले नाराबाजी गर्दै लगातार संविधानसभाको बैठक अवरोध गर्दै आएका छन् ।

Pastav


  •  
  •  
  •