चरी प्रकरणबारे जानकारी गराउन सभामुखको रुलिङ

270
  •  
  •  
  •  

काठमाडौं, २२ साउन (ओएनएस) :  सभामुख सुवास नेम्वाङले दिनेश अधिकारी चरीको प्रहरी कारबाहीमा मारिएको बारे र बाँकेमा यात्रुबहाक बसमा भएको बलात्कारको घटनावारे शुक्रवारको संसद बैठकमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

व्यबस्थापिका संसदको बैठकमा विभिन्न दलका सभासद्हरुले दुई घटनाको सम्बन्धमा सरकारको जवाफ मागेपछि सभामुखले भोलीको बैठकमा जानकारी गराउन निर्देशन दिएका हुन् । ‘संसदको बैठकमा विभिन्न विषयले प्रवेश पाएका छन्’, नेम्वाङले भने, ‘सदनमा उठेको दुईवटा विषयलाई सरकारको ध्यानाकर्षण गराउदै यसबारे भोलीको बैठकमा जानकारी गराउन सरकरलाई निर्देशन दिन्छु ।’

यसअघि एमाले सभासद्हरुले चरी प्रकरणबारे सरकारको जवाफ माग गरेका थिए ।


  •  
  •  
  •