बाढीको क्षतिवारे जानकारी गराउन रुलिङ

403
  •  
  •  
  •  

काठमाडौं, ८ साउन (ओएनएस) : सभामुख सुवास नेम्वाङले देशका विभिन्न स्थानमा बढी पहिरोबाट भएको जनधनको क्षति, राहात वितरणको अबस्था बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

व्यवस्थापिका संसदको बिहीबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै नेपाली कांग्रेसका रमेश लेखक, एमाओवादीका हरिबोल गजुरेल, सांसदहरू सिता गिरी, दीपक बोहरा, सिपी मैनाली लगायतले आवाज उठाएपछि सभामुखले रुलिङ गरेका हुन् ।

संसदको बैठकमा विभिन्न दलका सभासदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । एमाले नेता भरतमोहन अधिकारीले पेश गरेको जरुरी सार्वजानिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ ।


  •  
  •  
  •