नयाँ संविधानमा बालअधिकार सुनिश्चित हुन्छ अध्यक्ष: नेम्बाङ

148
  •  
  •  
  •  

काठमाडौँ, ६ असोज (ओएनएस) : संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले नयाँ संविधानमा बालअधिकारलाई सुनिश्चित गरिने बताएका छन् ।      सिबिन नेपाललगायत विभिन्न गैरसरकारी संस्थाद्वारा सुरु गरिएको बालबालिकाको राष्ट्रिय चिठी अभियानको सोमवार शुभारम्भ गर्दै अध्यक्ष नेम्वाङले निर्धारित समयमा संविधान जारी गर्न संविधानसभा लागिरहेको बताए ।

अध्यक्ष नेम्बाङले संविधान निर्माणमा राजनीतिक दलहरुलाई थप गम्भीर बन्न आग्रह गर्दै निर्धारित मितिमा संविधान जारी गर्नुको अर्काे कुनै विकल्प नभएको बताए ।

कार्यक्रममा अध्यक्ष नेम्बाङलाई हिमाल, पहाड, तराईका विभिन्न भाषाभाषीका सातजना विद्यार्थीले नयाँ बन्ने संविधानमा बालअधिकार सुनिश्चित हुनुपर्नेमाग प्रस्तुत गरेका थिए । संविधान निर्माणको प्रक्रियामा बालसहभागिता गराई बालअधिकार सुनिश्चित गर्न अभियान सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष माधव प्रधानले जानकारी दिए ।

उनका अनुसार ती सातजना बालबालिकाले संविधानसभामा प्रतिनिधित्व गरेका सबै दलका सांसदहरुलाई भेट गरी संविधान निर्माण प्रक्रियामा बालसहभागिता गराई बालअधिकार सुनिश्चित गर्न माग गर्ने छन् ।


  •  
  •  
  •