काठमाडौं,३० जेठ (ओएनएस) । साउदीबाट फर्किएकी एक महिलाबाट घुष लिने तत्कालिन अध्यागमनका कर्मचारीलाई जेल सजाय भएको छ । विशेष अदालतले साउदी अरबबाट फर्किएकी भोजपुरकी एक महिला घुस लिएको आरोप लागेका अध्यागमन विभागका तत्कालीन अधिकृत रामप्रसाद कोइरालासहितका तीन कर्मचारीलाई दोषी ठहर गरेको हो । उनीहरुलाई चार महिना कैद सजाय हुनेछ । राईलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका प्रहरी जवान पर्शुराम बस्नेतलाई पनि जेल सजाय सुनाइएको छ ।
न्यायाधीश केदारप्रसाद चालिसे मोहनरमण भट्टराई र भुपेन्द्र राईको इजलासले तत्कालीन अधिकृत कोइराला, टिका पोखरेल, नायव सुब्बा सोमनाथ खनाल र प्रहरी जवान पर्शुराम बस्नेतलाई दोषी ठहर गरेको हो । उनीहरुलाई ४ महिना कैद र ५९ हजार ७ सय रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।
साउदीबाट रोजगारी गरेर फर्किएकी एक युवतति नक्कली पासपोर्टमा विदेश गएको थाहा पाएपछि अध्यायमनका कर्मचारीले घुस लिएका थिए । होटलमा पुर्याइदिन्छु भन्दै प्रहरी जावान बस्नेतले होटलमा लगेर बलात्कार गरेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख ५६ हजार घुस लिएको दावी गर्दै विशेषमा मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालत काठमाडौंले नायब सुब्बा खनाल र प्रहरी जवान बस्नेतलाई ५ हजार जरिवानासहित एक वर्ष कैद सजाय सुनाएको थियो भने अधिकृत कोइराला र पोखरेललाई सफाइ दिएको थियो ।
बलात्कार गर्ने प्रहरी जवान बस्नेतलाई ५ वर्ष ६ महिना कैद र ५० हजार जरिवाना गरिसकेको छ ।