बार्सिलोनाले स्पानोयललाई एक शून्यले हरायो

86
  •  
  •  
  •  

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले स्पानोयललाई पराजित गरेको छ । बुधबारराति भएको खेलमा बार्सिलोनाले स्पानोयललाई एक शून्यले हराएको हो । जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियाल मड्रिडसँगको दूरी एक अंकमा झारेको छ ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाका लागि एक मात्र गोल लुइस स्वारेजले गरे । रेलिगेसनमा परेको स्पानोयल विरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले ५६ औं मिनेटमा अग्रता बनायो ।

उसका लागि लुइस स्वारेजले गोल गर्न सफल भए । जारी सिजनमा उनको यो १५ औं गोल हो । त्यसपछि स्पानोयल खेलमा फर्कन सकेन र पराजित भयो ।

जितपछि बार्सिलोनाले ३५ खेलमा ७६ अंक बनाएको छ । शीर्ष स्थानको रियालको ३४ खेलमा ७७ अंक छ । पछिल्ला खेलमा लगातार हार ब्यहोरिरहेको स्पानोयलको मात्र २४ अंक छ ।


  •  
  •  
  •