रियल मड्रिड पराजित

91
  •  
  •  
  •  

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ ।
शनिबार राति भएको खेलमा लेभान्टेसँग रियल मड्रिड २–१ गोल अन्तरले पराजित भएको हो । खेलको नवौं मिनेटमा इडेर मिलिटाओले रातो कार्ड पाएपछि रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो ।

रियलका लागि मार्को एसेन्सियोले खेलको १३ औं मिनेटमा गोल गरे पनि टीमलाई जिताउन सकेनन् । खेलको ३२ औं मिनेटमा लेभान्टेका जोस लुइस मोरालेसले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए । खेलको ७८ औं मिनेटमा लेभान्टेका रोजर मार्टीले गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।

रियल मड्रिडले अहिलेसम्म २० खेल खेलेकोमा १२ खेलमा जित र चारमा बराबरी तथा चार खेलमा हार ब्यहोरेको छ । अंक तालिकामा रियल ४० अंककासाथ दोस्रो स्थानमा छ ।


  •  
  •  
  •