बार्सिलोनाले हुएस्कालाई १-० ले हरायो

69
  •  
  •  
  •  

एजेन्सी । स्पेनिस लालिगामा बार्सिलोनाले हुएस्कामाथि १–० गोलले जित हासिल गरेको छ ।
आइतबार राति भएको खेलमा मेस्सीले बार्सिलोनाका लागि ७ सय ५० औं र ला लिगामा ५ सयौं खेल पूरा गरे । उनकै पासमा फ्रेन्की डी जोङले गरेको शानदार गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो ।
गोलसहित पहिलो हाफमा बार्सिलोनाले खेल पूर्ण नियन्त्रणमा राखेको थियो । मेस्सीको एउटा फ्रिकिक प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।
यो नतिजाले बार्सिलोनालाई अंकतालिकाको पाँचौं स्थानमा पुर्‍याएको छ । उसको १६ खेलबाट २८ अंक भएको छ । हुएस्काको १२ अंक छ र रेलिगेसन क्षेत्रबाट बाहिर निस्कनका लागि पनि उसलाई कम्तिमा ४ अंक आवश्यक छ ।


  •  
  •  
  •