स्पेनीस ला लिगाको उपाधि रियाल मड्रिडलाई

255
  •  
  •  
  •  

एजेन्सी । स्पेनीस ला लिगाको उपाधि रियाल मड्रिडले हात पार्न सफल भएको छ । बिहीबार राति भएको खेलमा भिल्लारियललाई दुई एकले हराउँदै रियालले उपाधि जितेको हो ।
यो रियाल मड्रिकको ३४ औं पटक उपाधि हो । घरेलु मैदानमा भएको खेलमा रियालले खेलको २९ औं मिनेटमा नै खेलमा अग्रता बनाएको थियो । लुका मोड्रिचको पासमा करिम बेन्जिमाले गोल गरे ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियालले ७३ औं मिनेटमा पेनाल्टी पाएको थियो । सर्जियो रामोसलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा सर्जियो रामोसले पहिलो पटकको प्रयासलाई मान्यता दिइएन ।
 
एकतर्फि जस्तो आक्रमण गरेको रियालले ८२ औं मिनेटमा अर्को उत्कृष्ट मौका पाएको थियो । तर यसपटक रियलका टोनी क्रुसको प्रहार पोष्टमा लागेर फर्कियो ।
त्यसको एक मिनेटमा भिल्ला रियलले गोल गर्दै अन्तर कम गर्यो । उसका लागि भिसेन्ट इबोर्राले गोल गरेका थिए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र रियाल विजयी भएको हो ।
 
 
 

  •  
  •  
  •