स्पेनिस ला लिगा फुटबलः वार्सिलोनाले रियल मड्रिडलाई १–० ले हरायो

294
  •  
  •  
  •  

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गतको खेलमा वार्सिलोनाले रियल मड्रिडलाई १–० ले हराएको छ ।

शनिबारराति भएको खेलमा वार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित निकाल्दै तालिकामा तीन अंक थपेको छ । जीतसँगै वार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ भने एक खेल कम खेलेको मड्रिडको ८० अंक छ ।

शनिबार रातिको खेलमा वार्सिलोनाको जीतमा भिडालले गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।

मेस्सीले पहिलो हाफको १५ औं मिनेटमा दिएको पासलाई भिडालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । सोही अग्रता बार्सिलोनाले अन्तिमसम्म कायमै राखेको छ ।

यसैबीच, मेस्सीले गएरातिको खेलमा नयाँ कीर्तिमान पनि बनाएका छन् । उनले एकै सिजनमा २० गोल र २० गोलमा असिस्ट गर्ने कीर्तिमान बनाएका हुन् ।


  •  
  •  
  •