आज चन्द्रग्रहण लाग्दै

437
  •  
  •  
  •  

काठमाडौं २१ चैत । चैत शुक्ल पूर्णिमाको दिन आज शनिबार खण्डग्रास चन्द्रग्रहण downloadछ । काठमाडौं उपत्यकाबाट बेलुका ६ बजेर २३ मिनेटदेखि साढे ७ बजेसम्म चन्द्रमामा ग्रहण देखिनेछ । नेपाल सहित पूर्वी एसिया, पश्चिम तथा उत्तरी अमेरिका, न्युजिल्याण्ड र अष्ट्रेलियाबाट पनि चन्द्रग्रहण देखिनेछ । शनिबारको ग्रहण यो वर्षको दोस्रो खण्डग्रास चन्द्रग्रहण हो ।

यसअघि गएको असोज २२ गते पनि खण्डग्रास चन्द्रग्रहण लागेको थियो । ज्योतिषहरुका अनुसार तुला, मिथुन तथा कुम्भ राशिका व्यक्तिलाई यो चन्द्रग्रहणको नराम्रो प्रभाव पर्ने छ । यस्तै मेष, सिंह, धनुलाई ग्रहण शुभ रहने र बाँकी सबै राशिका व्यक्तिमा ग्रहणको प्रभाव मध्यम रहने ज्योतिषले बताएका छन् ।

ग्रहण लागेका बेला चन्द्रमालाई सीधा आँखाले हेर्न नहुने र ग्रहण सकिएपछि नजिकको नदी वा खोलामा गएर स्नान गर्नु पर्ने धार्मिक विश्वास पनि छ । यस्तै ग्रहण अवधिभर खाना पकाउन र खान नहुने पनि विश्वास गरिन्छ ।


  •  
  •  
  •