अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वी फर्किए

108
  •  
  •  
  •  

तस्बिर : चाइन सिन्ह्वा न्युज

एजेन्सी । चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन्

अन्तरिक्षमा ९० दिन बसेर तीन चिनियाँ यात्री पृथ्वी फर्किएका हुन् । पृथ्वीभन्दा तीन सय ८० किलोमिटर (दुई सय ४० माइल) माथि रहेको चीनले बनाएको अन्तरिक्ष केन्द्रको टियाहे मोड्युलमा ९० दिन बसेर उनीहरू पृथ्वी फर्किएका हुन् ।

चिनियाँ अन्तरिक्षयात्रीहरू न्ये खाइसङ, ल्यु बोमिङ र टाङ हङ्बो हिजो बिहीवार शन्जो–१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए । यी तीन चिनियाँ अन्तरिक्षयात्रीले आज शुक्रवार स्थानीय समयअनुसार दिउँसो १ः३५ मा भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन् । त्यही ठाउँबाट गएको जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो ।

यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको देखिने बीबीसीमा उल्लेख छ । अन्तरिक्ष केन्द्रमा रहँदा ती तीन अन्तरिक्षयात्रीले पृथ्वीमा डाटा पठाउने प्रयोग गर्ने र घण्टौँसम्म अन्तरिक्षमा हिँड्ने गरेका चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ ।


  •  
  •  
  •