एसपीए कपको उद्घाटन खेलमा पेन्टागन कलेज र डडेल्धुराको महेन्द्र नमुना भिड्ने

247
  •  
  •  
  •  

धनगढी, पुस २१ (ओएनएस) :  सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता द होटल डिभोटी एसपीए कप क्रिकेट प्रतियोगिताको चौथो संस्करण २०१५ को खेल तालिका सोमबार सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा माघ १६ गते साबिक विजेता पेन्टागन ईन्टरनेशनल कलेज काठमाण्डौ र महेन्द्र नमुना उच्च मावि भिड्ने भएका छन ।

तालिका अनुसार माघ १७ गते विहान जेभिएर ईन्टरनेशनल कलेज काठमाण्डौ र सनराईज उच्च मावि कञ्चनपुर, दिउँसो न्यु होराईजन कलेज बुटवल तथा कैलाली बहुमुखी क्याम्पस कैलालीबीच प्रतिस्पर्धा हुने भएको छ ।

माघ १८ गते विहान दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलाली र केएफए कलेज बिराटनगर तथा दिउँसो होलील्याण्ड उच्च मावि नेपालगञ्ज र टीकापुर बहुमुखी क्याम्पस कैलाली बिच खेल हुने भएको छ ।

त्यस्तै माघ १९ गते बिहान गोल्डनगेट ईन्टरनेशनल कलेज काठमाण्डौ र त्रिपुरा सुन्दरी क्याम्पस अछाम तथा दिउँसो सनसाईन कलेज भैरहवाका विरुद्ध सुदूरपश्चिमाञ्चल विश्व विद्यालय कञ्चनपुर विच खेल हुने भएको छ ।

माघ २० गते आयोजक एसपीए विरुद्ध जगन्नाथ बहुमुखी क्याम्पस बैतडी मैदानमा उत्रने भएका छन । क्वाटरफाईनलका खेलहरु माघ २० गते देखि २२ गते सम्म सञ्चालन हुनेछन भने माघ २३ गते सेमीफाईनल खेलहरु हुने भएका छन ।  त्यस्तै प्रतियोगिताको फाईनल खेल माघ २४ गते हुने भएको छ ।
सवै खेलहरु अञ्चल प्रहरी कार्यालय सेतीको खेल मैदानमा हुने भएको छ ।

अधिकांश अन्तराष्ट्रिय खेलाडीहरु तथा विदेशी खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताको विजेताले रु ५ लाख नगद हात पार्नेछ भने उपविजेताले २ लाख नगद पाउनेछन् ।


  •  
  •  
  •