एसपीए कपको उपाधिको लागि न्यूहोराइजन र सनसाइन भिड्ने

442
  •  
  •  
  •  

कैलाली,  २३ माघ (ओएनएस) :  कैलालीमा जारी एसपीए कपको उपाधिको लागि न्यूहोराइजन कलेज (बुटवल) र सनसाइन उमावि (भैरहवा) बीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा न्युहोराइजनले काठमाडौंको पेन्टागन उमाविलाई ४४ रनले पराजित गर्याे । टस हारेर पहिले ब्याटिङ गरेको होराइनज १ बल खेल्न बाँकी छदा १५५ रनमा अलआउट भयो । होराइजनको लागि नूरध्वज शेनले ३३ , सन्दीप सुनारले २९, सुशन भारीले १६ र रुपेश बास्तोलले पनि १६ रनको योगदान गरे । बलिङतर्फ पेन्टागनका राहुल विकले ४, सागर पुनले ३ र निश्चल पाण्डेले २ विकेट लिए ।

१५६ रनको लक्ष्य पछ्याएको पेन्टागन १६.१ ओभरमा १११ रनमा अलआउट भयो । पेन्टागनको लागि सागर पुनले ४० र राजेश पुलामीले २४ रनको योगदान गरे । ओपनर नरेश बुढाएर शून्य तथा कप्तान विनोद भण्डारी २ रनमै पेभिलियन फर्केका थिए । बलिङतर्फ होराइजनका म्यान अफ दिन म्याच शक्ति गौचन र सौरभ खनालले ३–३ विकेट लिए भने सोमपाल कामीले २ विकेट हात पारे ।

दोस्रो सेमिफाइनलमा होलिल्याण्डलाई ७४ रनले पराजित गर्दै सनसाइनले होराइनजनसँगको उपाधि भिडन्त पक्का गर्याे । पहिले ब्याटिङ गरेको सनसाइनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन जोड्यो । सनसाइनको लागि ओपनरद्वय शंकर राना र सुवोध श्रीवास्तवले क्रमशः ४२ र ३० रन जोडे । यस्तै निश्चल चौधरीले २९ र विपिन शाक्यले २३ रन जोडे । बलिङतर्फ होलिल्याण्डका आकास विष्टले २ विकेट लिए ।

१६८ रनको लक्ष्य पछ्याएको होलिल्याण्ड १९.२ ओभरमा ९३ रनको झिनो योगफलमा समेटियो । होलिल्याण्डको लागि ओपनर सिद्धान्त शाहीले सबैभन्दा बढि २८ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यान जम्न सकेनन् । होलिन्याण्डको इनिङ ध्वस्त पार्ने क्रममा सनसाइनका मयक यादवले ४ विकेट लिए भने सावन अलि र सुवोधले २–२ विकेट लिए । मयक म्यान अफि दि म्याच घोषित भए ।


  •  
  •  
  •