न्यू–होराइजन र होलिल्याण्ड अन्तिम चारमा

478
  •  
  •  
  •  

कैलाली, २१ माघ (ओएनएस) : कैलालीमा जारी एसपीए कपमा न्यू–होराइज कलेज (बुटवल) र होलिल्याण्ड उमावि (नेपालगञ्ज) क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

न्यू होराइजनले विराटनगरको मेरिल्यान्डलाई ७ विकेटले पराजित गर्याे । टस जितेर पहिले ब्याटिङ गरेको मेरिल्याण्ड १६.१ ओभरमा ७६ रनमा अलआउट भयो । मेरिल्याण्डको लागि सिद्धान्त लोहनीले २६ रन र सुरज पटेलले २४ रन जोडे । बलिङतर्फ होराइजनका सौरभ खनालले ३ र राहुल प्रजापतीले २ विकेट लिए ।

७७ रनको लक्ष्य होराइजनले ९.४ ओभरमा ३ विकेट गुमाउँदै पार गर्याे । होराइजनको लागि निर्मल थापाले २२ र सोमपाल कामीले १६ रनको योगदान गरे ।

अर्काे खेलमा होलिल्याण्डले काठमाडौंको गोल्डेनगेटलाई ७ विकेटले पराजित गर्याे । पहिले ब्याटिङ गरेको गोल्डेनगेटले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०९ रन जोड्यो । गोल्डेनगेटको लागि फैजुल रहमानले सबैभन्दा बढि २३ रन जोडे । बलिङतर्फ होलिल्याण्डका सिद्धान्त शाही र अभिनास बोहराले २–२ विकेट लिए ।

११० रनको लक्ष्य होलिल्याण्डले ३ विकेटको क्षतिमा १८ औं ओभर खेल्दा पार गर्याे । होलिल्याण्डको जितमा अनुमप सिंहले नटआउट ६१ रन तथा प्रज्वल शाहीले ३५रनको योगदान गरे ।


  •  
  •  
  •