राजेशको बिस्फोटक ब्याटिङसँगै पेन्टागन सेमिफाइनलमा

304
  •  
  •  
  •  

कैलाली, २० माघ (ओएनएस) :  पेन्टागन इन्टरनेसनल कलेज काठमाडौं धनगढीमा जारी एसपीए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढीमा भएको क्वाटरफाइनलमा पेन्टागनले कञ्चनपुरको सनराईज उमाविलाई १६ रनले हराएको हो ।
पेन्टागनले दिएको १९४ रनको लक्ष्य पछ्याएको सनराईजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७७ रन मात्र जोड्यो ।

पहिले ब्याटिङ गरेको पेन्टागनले आक्रमक ब्याटिङ गर्ने क्रममा ६ विकेटको क्षतिमा १९३ रन जोड्यो । पेन्टागनको लागि कप्तान विनोद भण्डारीले नटआउट ३७ बलमा ५६ र राजेश पुलामी मगरले २८ बलमा ६८ रनको योगदान गरे । भण्डारीले ४ चौका र ३ छक्का हिर्काए भने पुलामीले ५ चौका र ६ छक्का प्रहार गरे । पुलामी म्यान अफ दि म्याच चुनिए ।

बलिङतर्फ सनराइजका अभिनास कर्ण, ललित भण्डारी, अखिल चौधरी, सुनील धमला र दिनेश अग्रीले एक–एक विकेट लिए ।

सनराईजले पनि आक्रमक ब्याटिङ गर्याे । उसका लागि अमित श्रेष्ठले ६१ बलमा ८५ रनको बिस्फोटिङ ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङतर्फ पेन्टागनका मेहबुम आलामले २ विकेट लिए) भने करण केशी, चन्द्र साउद र राहुल विकले १–१ विकेट लिए ।


  •  
  •  
  •