विनोद भण्डारीको अर्धसतकसँगै पेन्टागनको विजयी सुरुआत

211
  •  
  •  
  •  

Spa CUPधनगढी, १६ माघ (ओएनएस) :  धनगढीमा सुरु एसपीए कप क्रिकेट प्रतियोगितामा पेन्टागन इन्टरनेसनल कलेजले विजयी सुरुआत गरेको छ ।

राष्ट्रिय खेलाडीहरुले भरिएको काठमाडौंको पेन्टागनले डडेलधुराको नमुना महेन्द्र उमाविलाई ५ विकेटले पराजित गरेको हो ।

नमुनाले दिएको १२५ रनको लक्ष्य पेन्टागनले १४.३ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्याे । पेन्टागनको जितमा कप्तान विनोद भण्डारीले ५३ रन जोडे ।

यस्तै ओपनिङमा आएका नरेश बुढाऐरले २९ र सागर पुनले २१ रन जोडे । बलिङतर्फ नमुनाका सन्तोष भट्ट, दिक्षान्शु नेगी, दिपेश श्रेष्ठले १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नमुना १८.५ ओभरमा १२४ रनमा अलआउट भयो । नमुनाको लागि विस्फोटक ब्याटिङ गरेका रोशन नेपालीले २८ बलमा ४४ रन जोडे ।

यस्तै विक्रम थलालले २४ रन जोडे बलिङतर्फ पेन्टागनका चन्द्र साउदले ४ विकेट लिए भने राहुल विकले २ र सागर पुनले १ विकेट लिन सफल भए ।


  •  
  •  
  •