एसपीएको टीम घोषणा, खेलाडीले प्रति खेल १० हजार पाउने

389
  •  
  •  
  •  

धनगढी, ५ माघ (ओएनएस)  : आउँदो माघ १६ गते देखि धनगढीमा हुने धनराशीको क्रिकेट प्रतियोगिताका लागि आयोज सुदुरपश्चिमाञ्चल एकेडेमी (एसपीए) ले मंगलबार टीम घोषणा गरेको छ । एसपीएले आफ्ना खेलाडीहरुलाई प्रति खेल १० हजार रुपैया्सम्म दिने घोषणा पनि गरेको छ ।

यस पटकको उपाधी दाबेदार टीम मानिएको एसपीएमा अधिकांश नेशनल टीमका परिचित खेलाडीहरु रहेका छन भने दुई जना विदेशी खेलाडीहरु एसपीए टीममा अनुबन्ध गरिएको छ ।

सपीएले आफ्ना नियमित कप्तान तथा नेपाली नेशनल टीमका मुख्य सदस्य भुवन कार्कीको कप्तानीमा आफ्नो टोली घोषणा गरेको हो । टोलीको उपकप्तानीको जिम्मेवारी दिपेन्द्र थापाले गर्ने भएका छन । उनी क्षेत्र नम्बर ९ तथा एसपीएका ब्याट्सम्यान पनि हुन ।

त्यससँगै एसपीएको टीममा सरद भेषवाकर, सुवाश खकुरेल, प्रदिप ऐरी, सुबेन्दु पाण्डे, दिपेन्द्र ऐरी, अर्जुन चापागाई, महेश अधिकारी, विक्रम ठगुन्ना, प्रदिप चन्द, विजय राना रहेका छन ।

त्यस्तै अन्तराष्ट्रिय खेलाडीमा श्रीलंकाबाट गिहान हेरार्थ तथा भारतबाट अलपेस रामजानीलाई एसपीएले आफ्नो टीममा अनुबन्ध गरेको छ । गिहान श्रीलंका नेशनल खेलाडी हुन भने स्टेट लेभर क्रिकेट अण्डर २३ का कप्तान पनि हुन । त्यस्तै अलपेस भारतको मुम्बईबाट अलराण्डरको भुमिकामा टीममा समावेश गरिएको घोषणा कार्यक्रममा एसपीए कपका संयोजक सुवाश शाहीले जानकारी दिनु भयो ।

त्यस्तै बैकल्पिक खेला बैकल्पिक खेलाडीहरुमा अमित पडाल, शिवराज ऐर, अमर धानुक, अमन भण्डारी रहेका छन । टीमको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन भने सहायक प्रशिक्षक डीसीए कोच अर्जुन खड्का रहेका छन । सौरभ ओझाले एसपीए टिमको व्यवस्थापनको जिम्मेवारी सम्हालेका छन । एसपीए टीमको टीम ब्राण्ड एम्बेस्डरका रुपमा नायीका निशा अधिकारी धनगढी आउने भएकी छिन् ।

नेपाली अन्तराष्ट्रिय खेलाडीहरु सरद भेषवाकर, सुवाश खकुरेल, प्रदिप ऐरी तथा भुवन कार्कीले प्रति खेल खेले वाफत रु १० हजार रुपैया पारिश्रमिक दिईने संयोजक शाहीले बताउनु भयो । त्यस्तै श्रीलंकन खेलाडी गिहान हेरार्थलाई रु १ लाख २० हजार तथा भारतका अलपेसलाई रु १ लाख रुपैया खर्च गरेर टीममा भित्र्याईएको आयोजक टीमले जनाएको छ ।

त्यस्तै टीमका सदस्यहरु सुबेन्दु पाण्डे, अर्जुन चापागाई तथा दिपेन्द्र ऐरीले प्रति म्याच खेलेवाफत रु ५ हजार पाउँने भएका छन । भने एसपीए तथा डिसिएका प्लेयरहरु महेश अधिकारी, बिक्रम ठगुन्ना, दिपेन्द्र थापा र विजय रानाले प्रति खेल रु २ हजारका दरले पारिश्रमिक पाउने एसपीएले जाएको छ ।


  •  
  •  
  •