१७ प्रहरी उपरीक्षक सरुवा

1168
  •  
  •  
  •  

काठमाडौ, २ फागुन(ओएनएस) : प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी उपरीक्षक (एसपी)को आइतबार सरुवा गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौँका विश्वराज पोखरेललाई प्रहरी कर्मचारी प्रशासनमा सारिएको छ भने उनको स्थानमा प्रद्युम्न कार्कीलाई खटाइएको छ ।
घनश्याम अर्याल केन्द्रीय प्रहरी विशेष कार्यदलबाट जिल्ला प्रहरी कार्यालय, कास्की सरुवा भएका छन् । मोरङमा सन्दीप भण्डारीलाई पठाइएको छ ।

कास्कीका हरिबहादुर पाललाई महानगरीय दंगा नियन्त्रण गण, काठमाडौं तानिएको छ भने मोरङका तारिणी लम्साललाई केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाइएको छ । बाँकेका वसन्तकुमार पन्त प्रहरी प्रधान कार्यलयको युएन शाखामा तानिएको छ भने उनको स्थानमा टेकप्रसाद राईलाई पठाइएको छ ।

को कहाँ सरुवा ? हेर्नुहोस् :

sp_trans_2072-11-02-1 sp_trans_2072-11-02-2

 

sp_trans_2072-11-02-3


  •  
  •  
  •