दक्षिण कोरियाको उत्तर कोरियालाई धम्की, ‘परमाणु कार्यक्रम नरोके टुक्रा-टुक्रा पार्छौँ’

147
  •  
  •  
  •  

south-korean-president-park-gunकाठमाडौँ, ४ फागुन(ओएनएस) : दक्षिण कोरियाका राष्ट्रपति पार्क गुन ह्वेले उत्तर कोरियालाई परमाणु कार्यक्रम रोक्न चेतावनी दिएकी छन् । उनले भनेकी छन्, ‘यदी उत्तर कोरियाले आफ्नो एटोमिक(परमाणु) कार्यक्रम रोकेन भने उत्तर कोरिया टुक्रा-टुक्रा हुनेछ ।’

यसै वर्षको सुरूवातमा उत्तर कोरियाले हाइड्रोजन बमको परिक्षण गरेर विश्वलाई चकित बनाएको थियो । यसका साथै पछिल्ला दिनमा लामो दूरीको क्षेप्यास्त्रको पनि परिक्षण गरेको थियो । दक्षिण कोरियाकी राष्ट्रपतिले उत्तर कोरियाले पुन: यस्तो कार्य दोहोर्याए आफूहरुले कारबाही गर्ने चेतावनी दिएकी छन् ।

उत्तर कोरियाले सन् १९८५ मा एनपिटी(परमाणु अप्रसार सन्धी)मा सहमति जनाएको थियो । यसका अनुसार उनीहरूले सम्झौतालाई नमानेर न्युक्लियर हतियार निर्माण गर्ने काम गरिरहेको आरोप लगाइएको छ । सन् २००३ मा उत्तर कोरियाले उक्त सम्झौताबाट अलग हुने घोषणा समेत गरेको थियो ।

अमेरिकाले पुन: न्युक्लियर परिक्षण गर्न सक्ने दावी गरेको छ । उत्तर कोरिया पाँचौ पटक न्युक्लियर परिक्षण गर्ने प्रयास गरिरहेको र त्यसका लागि एक रियाक्टरमा तिव्र रूपमा प्लुटोनियम तयार गरिरहेको दावी गरिएको छ । प्योंगयांगमा इन्टरकन्टिनेन्टल ब्यालेष्टिक मिसाइल सिस्टम बनाउनका लागि काम सुरू गरिसकेको अमेरिकी इन्टिलिजेन्स एजेन्सीले दावी गरेको छ ।

अमेरिकी इन्टिलिजेन्स एजेन्सीका प्रमुख जेम्स क्लेपरले उत्तर कोरियाले यांगयोनको एक रियाक्टरमा प्लुटोनियम इनरिचमेन्टमा काम गरिरहेको छ । उक्त रियाक्टर सन् २००७ मा बन्द गरिएको थियो ।

क्लेपरका अनुसार चाँडै उत्तर कोरियासँग न्युक्लियर टेष्ट गर्नका लागि धेरै मात्रामा प्लुटोनियम हुनेछ र आगामी केही या महिनामा उत्तर कोरियाले न्युक्लियर टेष्ट गर्न सक्छ ।


  •  
  •  
  •