लाखौं युवाको सपना : दक्षिण कोरिया, हेर्नुहोस् फोटोफिचर

222
  •  
  •  
  •  

काठमाडौ, ३ बैशाख(ओएनएस) :  कोरियाली भाषा परीक्षा (ईपीएस) मा सहभागी हुन बिहीबारदेखि आइतबारसम्मको लागि आवेदन खुला भएको छ। देशभरका विभिन्न १० ठाउँबाट बिहान फाराम बुझाउन पाइने भएपनि पहिलो दिन नै युवाहरुको भीड लागेको छ ।

रोजगारीको आकर्षक गन्तब्य दक्षिण कोरियामा आगामी वर्ष सात हजार एक सय नेपाली जान पाउनेछन् । यसमा उत्पादनमूलकतर्फ चार हजार नौ सय र कृषि तथा पशुपालनमा दुई हजार दुई सय जान पाउनेछन् । तर, कोरियामा जानको लागि हरेक वर्ष लाखौ युवाले परिक्षामा सामेल हुन आवेदन दिने गरेका छन् ।

आवेदन दिएर परिक्षामा सामेल मध्ये तोकिएको कोटाको वरियतामा अंक ल्याउने मात्र कोरिया जान पाउनेछन् । आगामी जेठ ३० र ३१ गते सञ्चालन हुने परीक्षामामा यसपटक काठमाडौं उपत्यकामा पाँच र बाहिर पाँच गरी कुल १० स्थानबाट आवेदन दिन पाइनेछ।

कोरियामा नेपाली कामदारले मासिक न्यूनतम एक लाख नौ हजार रुपैयाँ कमाउन सक्छन् । यसबाहेक ओभरटाइम काम गर्ने सुविधा पनि हुन्छ। हाल २६ हजार नेपालीले त्यहाँ काम गरिरहेका छन्।

EPS (1) EPS (2) EPS (3) EPS (4) EPS (5) EPS (6) EPS (7) EPS (8) EPS (9) EPS (10) EPS (11) EPS (12) EPS (13) EPS (14) EPS (15)


  •  
  •  
  •