दक्षिण एसियामा एक वर्षमा १२४७ भूकम्प, नेपाललगायत देश सचेत रहनुपर्ने

142
  •  
  •  
  •  

Annette Dixonकाठमाडौ, १० असार : गत बैशाख १२ गते गएको विनाशकारी भूकम्प र बैशाख २९ गते गएको पराकम्पका कारण नेपालमा करिब ९ हजार मानिसले ज्यान गुमाएका छन् । यसले नेपाललाई पुन:निर्माण र पुनःस्थापनामा निकै चुनौती थपिदिएको छ ।

तर, यो समग्र नेपालको मात्र चुनौती नभई दक्षिण एसियाका लागि नै चुनौती हो । अफगानिस्तानदेखी बंगलादेशसम्मको भूभाग नै भूकम्पका दृष्टीले सबैभन्दा जोखिममा रहेको छ । उक्त क्षेत्र अर्थात् अफगानिस्तान, पाकिस्तान, भारत, नेपाल र भुटानका हिमालय क्षेत्रमा करिब ६ सय मिलियन मानिस बस्दै आएका छन् । यी सबै मानिस भूकम्पको उच्च जोखिममा रहेका छन् । यसका लागी अहिले देखीनै सचेत हुन जरूरी छ ।

दक्षिण एसियामा तीन वटा प्लेटका कारण भूकम्पको जोखिम रहेको छ । इण्डियन प्लेट प्रत्येक वर्ष करिब ५ सेन्टिमिटर उत्तरतर्फ बढिरहेको छ । यस क्रममा यो प्लेट युरेसियन प्लेटमा ठोक्किने गर्छ । यस्तो ठक्करले हिमालहरूलाई माथितर्फ धकेल्छ भने धेरै नै भूकम्पका धक्काहरू महसुस हुने गर्छ । यो लाखै वर्षअघिदेखी हुँदै आएको छ ।

rescue after earthquake5विगत एक दशकको इतिहासलाई हेर्ने हो भने १९३४ मा बिहार-नेपालको भूकम्प, १९४५ मा मक्रानको भूकम्प, १९५० आसामको भूकम्प, १९९३ लातुरको भूकम्प, २००१ मा भुजको भूकम्प, २००५ मा पाकिस्तानको भूकम्प र २०१५ को नेपालको भूकम्प प्रमुख भूकम्पहरू हुन् । यस हिसाबले मात्र हेर्ने हो भनेपनि दक्षिण एसिया भूकम्पको अति जोखिम क्षेत्रको रूपमा देखिएको छ ।

विश्व बैंकले विगत एक वर्ष अर्थात् मे २०१३ देखी मे २०१४ सम्मको भूकम्पको अवस्थालाई विश्लेषण गर्दा ४ रेक्टर स्केलभन्दा माथिका १२ सय ४७ वटा भूकम्पका धक्का महशुस गरिएको छ । यो रेकर्ड अमेरिकी भूगर्भ सर्भे(युएसजिएस)ले दिएको हो ।

दक्षिण एसियाले लाखौ वर्षअघि देखिनै भूकम्पको धक्का बेहोरिरहेको छ । तर, आजको दिनमा भूकम्पका जोखिम भएका क्षेत्रमा मानिसको संख्या बढ्दै गएको छ । विषेशगरी अव्यवस्थित र भूकम्पबाट जोगिन सकिने खालका भूकम्प प्रतिरोधी संरचनाको निर्माण हुँदा भूकम्पको जोखिम बढ्दै गएको छ ।

rescue after earthquake6भूकम्प कहिले र कति ठूलो आउँछ भनेर कसैले अनुमान गर्न सक्दैनन् । तर, भूकम्पका जोखिम रहेको क्षेत्रको पहिचान गरी आफ्ना जनतालाई सुरक्षित भने राख्न सकिन्छ ।

भूकम्पबाट जोगिनका लागि देशले भूकम्प प्रतिरोधी घरको निर्माणमा कडा नियम लागू गर्ने, विद्यालय, अस्पताल, पुल, बाँध, मुख्य सडकहरूको निर्माणमा प्रयोग गर्ने पूर्वाधारलाई मजबुत बनाउनु आवश्यक हुन्छ । यस्तै, प्रकोप व्यवस्थापन संयन्त्रलाई मजबुत बनाउने र उद्धार तथा खोजी कार्य गर्ने सामग्री र तालिमको व्यवस्था गर्नुपर्छ ।

Durbar-High-School Damageयस्तै, विद्यालयको संरचना थप बलियो बनाउनु आवश्यक देखिन्छ । गत बैशाख १२ मा गएको भूकम्पमा ९ हजार १ सय विद्यालयका करिब ३० हजार वटा कक्षाकोठा पूर्ण तथा आंशिकरूपमा क्षति भएका छन् । उक्त भूकम्प शनिबार अर्थात् बिदाको दिनमा गएकाले धेरै ठूलो विध्वंश हुन पाएन । यदी अन्य कुनै दिनमा गएको भए अझ धेरै विद्यार्थीले ज्यान गुमाउने थिए । यसकारण पनि दक्षिण एसियामा विद्यालयलाई थप बलियो बनाउनु आवश्यक छ । यसो गर्दा धेरै खर्च हुने देखिन्छ तर, अहिले नगरे यसले थप धेरै क्षति गर्छ ।

विश्व बैकले प्रकोप सुरक्षामा खर्च गरेको १ डलरले ४ डलर जोगाओस् भन्ने विचार गरेर खर्च गर्ने गर्छ । एक ठूलो प्रकोपले विकसिल देशको ४ देखी ६ प्रतिशत अर्थ नोक्सान गर्छ ।

त्यसैले अब प्रकोपको व्यवस्थापन तथा सुरक्षाको लागी लगानी गर्नुपर्छ । यसका लागि यातायात, उर्जा, कृषि, शिक्षा, स्वास्थ्य, लिंग तथा घर निर्माणका क्षेत्रमा लाग्नु पर्छ ।

दक्षिण एसियाले अब अर्को प्रकोपका लागि तयार हुनुपर्छ ।

(लेखक विश्व बैकको दक्षिण एसिया क्षेत्रकी उपाध्यक्ष हुन् । उनले यो लेख  विश्व बैकको ब्लगमा लेखेकी हुन् । ब्लग सम्पादित अंश हो ।)


  •  
  •  
  •