दक्षिण अफ्रिकी फुटबल टोलीका कप्तानको गोली हानी हत्या

198
  •  
  •  
  •  

senzo-meyiwaकाठमाडौ, १० कात्तिक(एजेन्सी) : दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोलीका कप्तान सेन्जो मेवियाको अज्ञात अपराधीहरूले गोली हानी हत्या गरेका छन् । स्थानीय समय अनुसार आइतबार बिहान ८ बजे ती हतियार बोकेका तीन जना सेन्जोको घरमा पुगे र उनलाई गोली हानी फरार भएको समाचार त्यहाँका स्थानिय सञ्चारमाध्मयहरूले जनाएका छन् ।

२७ वर्षका कप्तानलाई तत्काल अस्पतालतर्फ लगिँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो । सेन्जोको हत्या किन गरियो भन्नेबनारे प्रहरीले जाँच थालेको बताइएको छ । उक्त घटना भएको समयमा घरमा ७ जना थिए । हत्याराहरुले सेन्जोबाहेक अन्य कसैलाई पनि केही गरेनन् । हत्याराहरूमध्ये एक बाहिर नै बसेको थियो भने दुई जना घरभित्र छिरेका थिए ।

प्रहरीले अपराधिहरूलाई समात्नका लागि सहयोग गर्ने वा उनीहरुका बारेमा जानकारी दिने व्यक्तिलाई १४ हजार रूपैयाँ दिने घोषणा गरेको छ ।

यस वर्ष खेलिएको चार वटा क्वालिफायर खेलमा सेन्जोले कप्तानी गरेका थिए, जसमा १५ अक्टुवरमा रिपब्लिक अफ कन्गोको साथ बराबरी खेलेको थियो । उनले मृत्युको एक दिन पहिलेसम्म पनि ओर्लेन्डो पोरेट्सको तर्फबाट एजेक्स केप टाउन विरूद्ध खेल खेलाक थिए । उक्त खेलमा सेन्जोको टोलीले ४-१ ले जित हासिल गरेको थियो ।

दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकव जुमाले सेन्जोको मृत्युबारे बोल्दै भनेका छन्, ‘हामीले एक कप्तान मात्र नभ‍इ देशका एक हिरो नै गुमाएका छौ । प्रतिभावान खेलाडीको मृत्युबाट हामी कहिल्यै माथी उठ्न सक्दैनौ ।’

सेन्जोको साथी खेलाडी डीन फर्मनले भने, ‘हामीले आफ्नो साथी र टोलीका कप्तान गुमाएका छौ । यस दुखद समयमा टोलीका खेलाडी र साथी सेन्जोको परिवारको साथमा छौ ।’


  •  
  •  
  •