पहिलो टि-२० अष्ट्रेलिया पराजित

140
  •  
  •  
  •  

South Africa vs australiaकाठमाडौ, १९ कात्तिक(ओएनएस) : अष्ट्रेलियाविरूद्धको टि-२० श्रृंखलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले जित हासिल गरेको छ । एडिलेडमा भएको अष्ट्रेलिया विरूद्धको खेलमा दक्षिण अफ्रिकाले ७ विकेटको विजय दर्ता गरेको हो ।

१ सय ४५ रनको विजय लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले आफ्ना ३ विकेट गुमाउँदै ६ बल बाँकी रहँदा उक्त लक्ष्य भेट्टाएको थियो । उसका लागि रिले रोस्सोउ र क्वान्टेन डि ककले दोस्रो विकेटका लागि १ सय २९ रनको साझेदारी गरेका थिए । यस क्रममा रोस्सोउले ५० बलमा ७८ रन र डि ककले ३९ बलमा ४६ रन जोडेका थिए । अष्ट्रेलियाका लागि प्याट कुम्मिन्स, क्यामरून बोयस र डग बोलिन्जरले समान १-१ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा आफ्ना ६ विकेट गुमाउँदै १ सय ४४ रन जोडेको थियो । उसका लागि सेन वाटसनले ३६ बलमा ४७ रन जोडेका थिए भने जेम्स फल्कनरले ३३ बलमा ४१ रन, क्यामरून व्हाइटले २१ बलमा २४ रन, आरोन फिन्चले ११ बलमा १४ रन जोडेका थिए । अष्ट्रेलियालाई उक्त स्कोरमा रोक्नका लागि दक्षिण अफ्रिकाका एब्बोटले ३ विकेट लिएका थिए भने वायन पार्नेल, र्यान म्याकलारेन र इमरान ताहिरले समान १-१ विकेट लिएका थिए ।


  •  
  •  
  •