अमलाले शतक प्रहार गरेपछि १२ वर्षपछि न्युजिल्याण्डको फराकिलो पराजय

121
  •  
  •  
  •  

hashim-amlaकाठमाडौ, ७ कात्तिक : साउथ अफ्रिका र न्युजिल्याण्डबीच जारी एकदिवसीय प्रतिोयोगिताको दोस्रो खेलमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई ७२ रनले पराजित गरेको छ । दक्षिण अफ्रिकाका हासिम अमलाले आफ्नो करिअरको १६ औ एकदिवसीय शतक प्रहार गरेपछि १२ वर्षपछि ५० वा सो भन्दा बढि रनले पराजित गर्न सफल भएको छ । यसअघि सन् २००२ जनवरीमा एडिलेडमा भएको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई ९३ रनले पराजित गरेको थियो ।

साउथ अफ्रिकाले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर २ सय ८२ रन जोडेको थियो । जवाफमा ब्याटिङ गरेको न्युजिल्याण्ड ४६ ओभर ३ बलमा मात्र २ सय १० रनमा समेटियो । यस जितसँगै दक्षिण अफ्रिका एकदिवसीय क्रिकेटमा विश्व नम्बर १ मा नै रहन सफल भएको छ भने ३ खेलको श्रृंखलामा २-० को अग्रता कायम गरेको छ ।

न्युजिल्याण्डले टस जितेर दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दिएको थियो । दक्षिण अफ्रिकाका लागि हासिम अमलाले आफ्नो करिअरको १६ औ शतक प्रहार गर्दै टोलीलाई २ राम्रो स्कोरतर्फ अगाडि बढाए । यस्तै, फाफ डु फ्लेसिसले ६७ रन जोडे भने कप्तान एबी डिभिलियर्सले ३७ रन, क्वान्टेन डि ककले २६ र जेपी डुम्नीले १९ रन जोडे । अन्य ब्याटस्म्यानले भने राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्याण्डका लागि ट्रेट बाउल्ट, टिम साउथी, म्याकक्लेनाघन र कोरी एण्डरसनले २-२ विकेट लिए भणे जेमन्स नीशामले १ विकेट हात पारे ।

२ सय ८३ रनको विजय लक्ष्य पछ्याएको न्युजिल्याण्डको टोलीले उत्कृष्ट प्रदर्शन गर्न सकेन । मात्र ४६ ओभर ३ बलमा आफ्ना सबै विकेट गुमाउनु अघि मात्र २ सय १० रन जोड्न सक्यो । उसका लागि लुक रोन्चीले ७९ रन र म्याकक्लेनाघनले अविजित ३४ रन जोडे भने अन्य ब्याटस्म्यान क्रिजमा लामो समय टिक्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि डेल स्टेन, फिलाण्डर, एबी डिभिलियर्स, इमरान ताहिरले समान २-२ विकेट लिए भने मोर्ने मोर्केल र जेपी डुम्नीले समान १-१ विकेट हात पारे।

खेलको म्यान अफ द म्याच हासिम अमला घोषित भए ।


  •  
  •  
  •