सुन मुद्दामा आज सनुवाई हुँदै

70
  •  
  •  
  •  

काठमाडौं ६ भदौ (ओएनएस) :
सर्वोच्च अदालतले सुन तस्करी मुद्दामा सुनुवाइ गर्न थालेको छ। तीन भारतीय नागरिक थुनामा रहेको १७ किलो सुन तस्करी मुद्दा सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिटअन्तर्गत आज सुनुवाइ गर्न लागेको हो। यसले राजस्व न्यायाधिकरणमा भइरहेको सुनुवाइ प्रभावित हुने देखिएको छ ।

भारतीय नागरिक ऋतिराज सिंह, ओमप्रकाश विश्वकर्मा र कीर्तिराज सिंहको मुद्दाको मिसिल सर्वोच्चले बिहीबार महान्यायाधिवक्ता कार्यालयमार्फत झिकाएको छ। सुन तस्करीका ३० वटा मुद्दा न्यायाधिकरणको शुक्रबार सुनुवाइ हुने गरी प्रक्रियामा राखिएको थियो। चोलेन्द्रशमशेर राणा र दीपकराज जोशीको इजलासले सुनुवाइ गर्ने गरी मिसिल झिकाइएको छ ।

ुएयर अरेबियाको शारजहा काठमाडौं उडानमा माघ २६ मा आएका भारतीय नागरिक सिंहद्वय र विश्वकर्माबाट ७ करोड ९२ लाख रुपैयाँ बराबरको १७ किलो सुन बरामद भएको थियो।


  •  
  •  
  •