स्वस्थानी व्रतकथाको आज साङ्गे हुँदै

368
  •  
  •  
  •  

काठमडौं २० माघ (ओएनएस) :  श्रीस्वस्थानी परमेश्वरीको व्रतकथाको आज साङ्गे हुँदैछ । माघलाई शिव उपासना गर्ने महिना मानेर श्रीस्वस्थानीको अनुष्ठान गर्ने नेपाली परम्परा रहँदै आएको छ । संस्कृतिविद् हरिराम जोशीका अनुसार श्रीस्वस्थानीको वर्णन नेपाल सम्वत् ६९३ मा नेपालभाषामा जयन्तदेवले ुस्वस्थानी परमेश्वरीको व्रतकथाुमा उल्लेख भएको बताए ।

साङ्गेमा व्रतालुहरूले परमेश्वरीलाई अक्षत रोटी, अक्षता, बेली पुष्प, यज्ञसूत्र, कुटो सुपारी, पान, धूप, दीप, नैवेद्य, कस्तुरीलगायतका सामग्रीका साथै विभिन्न फलफूल प्रत्येक १०८ संख्यामा परमेश्वरीलाई चढाउने गरिन्छ । स्वस्थानी परमेश्वरीको शिलामूर्ति मखनटोलस्थित तारिणी बहालभित्र छ ।

शिवसहितको उक्त मूर्ति तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लले नेपालसम्वत ७९४ मा स्थापना गरेका थिए । महिनायता राजधानीबाट १७ किमि उत्तर-पूर्वस्थित शंखरापुर साँखु मा रहेको शाली ९मणिशैल० नदी किनारमा स्वस्थानीको व्रत बसिरहेका महिला तथा पुरुषहरूले पनि साङ्गे गर्ने परम्परा छ ।


  •  
  •  
  •