बंगलादेशमा नेपाली छात्राले गरिन आत्म हत्या

552
  •  
  •  
  •  

काठमाडौं,५ पुस (ओएनएस): बंगालादेशको ढाका भतरामा नेपाली छात्राले झुन्डीएर आत्म हत्या गरेकी छन् । आत्म हत्या गर्नेमा बंगलादेशको राजधानी ढाकामा डेन्टल विषय अध्ययनरत विनिशा शाहको रहेकी प्रहरीले बताएको छ ।

 

उनी पायोनियर डेन्टल कलेजमा बिडिएस तेस्रो वर्षमा अध्ययनरत थिइन्। प्रहरीका अनुसार उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । मंगलबार अन्तरिक परीक्षा दिएर फर्केकी बिनिशालाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

 

एउटै कोठामा बस्ने उनकी साथी रोक्साका अनुसार वेनिशा परीक्षा सकिनु भन्दा आधा घन्टा अगाडि परीक्षा हलबाट निस्केकी थिइन्। ‘जब म होस्टेलमा फर्केँ ढोकामा चुकुल लगाइएको थियो,’ रोक्साले भनिन्, ‘जति पटक ढोका ढकढक्याए पनि नखोलेपछि अर्को साँचोले ढोका खोलेँर भित्र पस्दा उनी झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेको बताएकी छन् । रोक्साका अनुसार वेनिशा तीन दिनपछि नेपाल फर्कने योजनामा थिइन्।


  •  
  •  
  •